काठमाडौं, ३१ असार । पछिल्लो २४ घण्टामा नेपालभर थप दुई सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार सात सय १८ जनाको नमुना परीक्षण गर्दा दुई सय २९ जनाम कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा एक सय ६१ जनामा र दुई हजार ७४ जनाको एन्टीजेन पररीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ४८ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार दुई सय ८४ पुगेको छ ।

