विराटनगर, २ साउन । प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । सरकारबाट भुक्तानी नपाएको भन्दै उनीहरूले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका हुन् ।
साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।



