२४ घण्टामा थप ४५७ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

२४ घण्टामा थप ४५७ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु


  • 8.6K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    २४ घण्टामा थप ४५७ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

    काठमाडौं, २ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप चार सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार छ सय ५१ जनाको नमुना परीक्षण गर्दा चार सय ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार तीन सय ४१ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ८६ जनामा र दुई हजार तीन सय १० जनाको एन्टीजेन परीक्षण गर्दा ७१ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने ४८ जना संक्रमिच निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार सात सय ७६ पुगेको छ । 

    2.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप