टीभी रियालिटी शो ‘मेरो भ्वाइस र डान्स युनिभर्स’को घोषणा, पुरस्कार ७५ हजार डलर 

टीभी रियालिटी शो ‘मेरो भ्वाइस र डान्स युनिभर्स’को घोषणा, पुरस्कार ७५ हजार डलर 


  • 6.4K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    टीभी रियालिटी शो ‘मेरो भ्वाइस र डान्स युनिभर्स’को घोषणा, पुरस्कार ७५ हजार डलर 

    काठमाडौं, ३ साउन। टीभी रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सको घोषणा गरिएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ७५ हजार डलर पुरस्कार सहित उक्त रियालिटी शो घोषणा गरेको हो ।

    images

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी दिए । फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

    यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । अगस्टदेखि सुरु हुने अडिसन ३१ डिसेम्बर ३१ २०२२ सम्म जारी रहने जनाइएको छ । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप