मेयर बालेन शाहले ‘नेपहपको श्रीपेच’ विजेता साइमनलाई नयाँ मुकुट लगाइदिए

मेयर बालेन शाहले ‘नेपहपको श्रीपेच’ विजेता साइमनलाई नयाँ मुकुट लगाइदिए


  • 7.6K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    मेयर बालेन शाहले ‘नेपहपको श्रीपेच’ विजेता साइमनलाई नयाँ मुकुट लगाइदिए

    काठमाडौं, ३ साउन। र्‍याप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ । मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन् ।

    images

    शोका जज समेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका हुन् । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।

    कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फस्र्ट र्‍याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताए । यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुशी लागेको बताए ।

    अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप