• ट्रेण्डिङ्ग :
नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज


  • 6.4K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

    काठमाडौं । नेपाल एसबीआई  बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने साउन ४ गते अन्तिम दिन रहेको छ ।

    images

    कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ असार २२ गतेदेखि निष्कासन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका रु ३ अर्ब रुपैयाँ बराबरको  ऋणपत्र निष्कासन गरेको हो ।

    सोमध्य १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिएको छ भने बाँकी  १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

    लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # ऋणपत्र

  • तेस्रो आँखा