• ट्रेण्डिङ्ग :
एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति 

एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति 


  • 8.6K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति 

    काठमाडौं ।  एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो ।

    images

    बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ । 

    यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन् । बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ । 

    यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन् । यी दुवै ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 

  • सम्बन्धित विषय:

  • # एभरेस्ट बैंक

  • तेस्रो आँखा