• ट्रेण्डिङ्ग :
तोलामा दुई सयले बढ्यो बुधबार सुनको मूल्य 

तोलामा दुई सयले बढ्यो बुधबार सुनको मूल्य 


  • 6.0K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    तोलामा दुई सयले बढ्यो बुधबार सुनको मूल्य 
    काठमाडौं, ४ साउन । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो । 

    आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो ।

    images

    मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो । 

    आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

  • सम्बन्धित विषय:

  • # प्रतितोला

  • तेस्रो आँखा