काठमाडौं, ४ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप तीन सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार पाँच सय ६२ जनाको पिसिआर परीक्षण गर्दा तीन सय ४० जनामा र एक हजार चार सय १९ जनाको एन्टीजेन परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ४६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ७६ पुगेको छ ।
