कोरोना बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


  • 7.0K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    कोरोना बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं, ७ साउन ।  कोरोना संक्रमणको दर बढ्दै गए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।  मन्त्रालयले विज्ञप्ति जारी गरी भिडभाड नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो। 

    images

    यससँगै भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न र गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

    सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य प्रयोग गर्न आग्र गरेको छ ।  यससँगै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क लगाउन पनि आग्रह गरिएको छ।

    स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न र गराउन, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा