भिडभक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै

भिडभक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै


  • 6.5K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    भिडभक्तपुरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ हुँदै

    भक्तपुर, ७ साउन । नेपाली आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुरमा   ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साङ्गीतिक समाजको आयोजनामा समाजले थापाको स्मृतिमा लगातार पाँचौँ पटक स्मृति साँझ आयोजना गर्न लागेको हो ।

    images

    कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गुनगुनाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले बताए।


    त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिनेछन् । कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, गुडविल कन्सन्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफएम १०५।४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेका छन् ।

    वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजका अध्यक्ष शाहीले जानकारी दिए।

    कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शाहीले बताए । कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको जानकारी दिँदै शाहीले यस वर्ष बृहत्रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी भएको बताए । कार्यक्रम अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा हुनेछ ।भाड नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो। 

    यससँगै भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ । सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न र गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य प्रयोग गर्न आग्र गरेको छ।

    यससँगै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क लगाउन पनि आग्रह गरिएको छ। स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न र गराउन, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

     


    तेस्रो आँखा