काठमाडौं, ७ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप तीन सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार नौ सय ९६ जनाको नमुना परीक्षण गर्दा तीन सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार ८८ जनाको पिसिआर परीक्षण गर्दा दुई सय १६ जनामा र एक हजार नौ सय आठ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ८६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार नौ सय ७१ पुगेको छ ।

