२४ घण्टामा २५५ जना कोरोना संक्रमित /२ जनाको मृत्यु

२४ घण्टामा २५५ जना कोरोना संक्रमित /२ जनाको मृत्यु


  • 5.9K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    २४ घण्टामा २५५ जना कोरोना संक्रमित /२ जनाको मृत्यु

    काठमाडौं, २२ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा  बुधबार आयोजित प्रेस ब्रिफिङमा ९ हजार १६८ पीसीआर नमुना परीक्षण गर्दा २५५ जनामा संक्रमण देखिएको छ । 

    images

    ३ हजार ६ वटा एन्टीजेन नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, ३६६ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २३९ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर ८ लाख २३ हजार ३५७ जनामा कोरोना पुष्टि भएको छ भने ८ लाख ५ हजार ५७१ जना संक्रमणमुक्त भएका छन् । 

    नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.८ प्रतिशत छ । यस्तै, ११ हजार ५४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।हाल देशभर ९६ जना क्वारेन्टाइनमा रहेका  छन् ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित

  • तेस्रो आँखा