२४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि १ जनाको मृत्यु

२४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि १ जनाको मृत्यु


  • 5.7K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि १ जनाको मृत्यु

    काठमाडौं, १६ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    images

    पछिल्लो २४ घन्टामा देशभरबाट पाँच हजार ९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट तीन हजार ६८५ र एन्टिजेनबाट दुई हजार २२४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६३२ र एन्टिजेनबाट २६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। 

    आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २६४ जना कोरोनामुक्त भएका छन्।

    हाल कोरोना सक्रिय संक्रमितको संख्या चार हजार ९३४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ हजार १७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप