काठमाडाैं, १९ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा पाँच हजार नौ सय २६ जनाको नमुना परीक्षण गर्दा सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार पाँच सय ८९ जनाको पिसिआर परीक्षण गर्दा चार सय ९४ जनामा र तीन हजार तीन सय ३७ जनाको एन्टीजेन परीक्षण गर्दा दुई सय ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने तीन सय २४ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार छ सय दुई रहेको छ ।

