काठमाडाैं, २५ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप आठ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा छ ह जार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार छ सय १४ जनाको पिसिआर परीक्षण गर्दा चार सय ९६ जनामा र तीन हजार ९१ जनाको एन्टीजेन परीक्षण गर्दा तीन सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ भने चार सय १६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय ८५ रहेको छ ।
