काठमाडौं, २६ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप आठ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार चार सय ११ जनाको पिसिआर परीक्षण गर्दा चार सय ६५ जनामा र दुई हजार एक सय २३ जनाको एन्टीजेन परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण पाँच जनाको मृत्यु भएको छ भने चार सय ७६ संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय ६९ रहेको छ ।

