काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप चार सय ८७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
जम्मा चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८ठ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार आठ सय छ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ४२ जनामा र दुई हजार तीन सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा दुई सय ४५ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको भने एक सय ६४ संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या चार हजार दुई सय ९८ रहेको छ ।
