बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) देखि सन्चालनमा ल्याइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै सन्चालनमा ल्याइएको हो । सम्मेलन केन्द्र एक अर्ब ३ करोड रुपैयाँको लागतमा बनेको हो । यो कुल २७ सय जना क्षमताको रहेको जनाइएको छ ।
संघीय सरकारले बुटवल उपमहानगरपालिका ८ रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण गरेको गरेको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो ।
सम्मेलन केन्द्रमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल निर्माण गरिएका छन् । केन्द्र बुटवल राजमार्ग चौराहादेखि पाँचसय मिटर पूर्वतर्फ बुटवल १० स्थित बुटवल मण्डपको साढे नौ बिघा क्षेत्रफलमा निर्माण गरिएको हो ।
सम्मेलन केन्द्रको डिजाइन नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले गरेका जनाइएको छ । सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोड रुपैयाँको लागतमा केन्द्रको निर्माणन गरेको हो ।
आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा सम्मेलन केन्द्रको निर्माण गरिएको जनाइएको छ । सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्सी जडान गरिएका छन् । २०७१ साल पुसदेखि निर्माणको काम सुरु गरिएको थियो ।
अपांगमैत्री सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल पनि निर्माण गरिएका छन् । यस्तै ८० र तीन सय जना क्षमताका सेमिनार हल बनाइएका छन् । यसैगरी ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल छन् ।
अर्कातिर ३५० र ५८६ जना क्षमताका थप २ वटा हल पनि छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजनाका पदधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् ।
वाटर फाउन्टेन, पानी पोखरी, प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट, बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, ३ तले कर्मचारी आवास , एउटा भीआईपी गेट, सुरक्षागार्ड घर र टिकट काउण्टर समेत सम्मेलन केन्द्र परिसरमा बनाइएको छ ।
