चौबीस घण्टामा ६६ जनामा कोरोना, १,४०५ सक्रिय संक्रमित 

चौबीस घण्टामा ६६ जनामा कोरोना, १,४०५ सक्रिय संक्रमित 


  • 5.8K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    चौबीस घण्टामा ६६ जनामा कोरोना, १,४०५ सक्रिय संक्रमित 

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन हजार दुई सय ६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    एक हजार एक सय ९० जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा र दुइ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन ।

    १३७ जना संक्रमित निको भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक हजार चार सय पाँच रहेको छ ।