शहिद स्मारक ए डिभिजन लिगमा एक खेल

शहिद स्मारक ए डिभिजन लिगमा एक खेल


  • 6.6K
    SHARES
    • पौष ४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    शहिद स्मारक ए डिभिजन लिगमा एक खेल

    काठमाडौं,४ पुस । शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ । 

    images

    हिमालयन शेर्पा ४ खेलमा २ अंक जोडेर तालिकाको १३ औं स्थानमा रहेको छ । उसमाथि रेलिगेसनको दबाब सुरु भएको छ । जावलाखेल युथ क्लबले अघिल्लो दिन प्राप्त गरेको जितपछि हिमालयन रेलिगेसन क्षेत्रमा झरेको हो । 

    ब्रिगेडलाई हराउँदै हिमालयन रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । यता, ब्रिगेड ब्वाइज ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।  ब्रिगेड हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लने योजनामा हुनेछ । दुबै टिमलाई आफ्नो स्थिति सुधार्न जित आवश्यक रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप