काठमाडौं, ९ पुस । काठमाडौं उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक सम्पदामध्ये भूकम्पले क्षति पुर्याएका ११ वटा पुनःनिर्माण भएका संरचना गुठी संस्थानलाई हस्तान्तरण गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण ११ वटा सम्पदा निर्माण सम्पन्न गरेपछि भवन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुठी संस्थानलाई हस्तान्तरण गरिन।
समितिले थापाथली टेकुमा २८ वटा सम्पदा निर्माण गर्नेमध्ये पहिलो प्याकेजमा ११ वटा निर्माण सम्पन्न गरेको समिति अन्तर्गत आयोजना सह–निर्देशक रमिता श्रेष्ठले जानकारी दिए ।
हस्तान्तरण भएका सम्पदाको व्यवस्थापनमा सम्बन्धित पक्षले विशेष ध्यान दिएर संरक्षण गर्दै सम्पदाको सहर काठमाडौंलाई बचाउन सहयोग गर्नुपर्ने मन्त्री झाँक्रीले बताईन ।
संस्थानलाई हस्तान्तरण गरिएका सम्पदामा शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहितघाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, कार्की सत्तल, मानन्धर सत्तल, मुन्सीघाट सत्तल र पञ्चनारी छन् । ।
