काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज फरक ‘मुड’ मा देखिए। काठमाडौंमा जारी पार्टीको आठौं महाधिवेशनको अन्तिम अन्तिमतिर अध्यक्ष ‘प्रचण्ड’को अनुहारमा खुशी देखिदैन। बिहिबार पाचौं दिनको बन्दसत्रमा १४ समूहबाट दस्तावेजमाथि टोली नेताहरुले सुझाव दिदै गर्दा अधिकांश समय अध्यक्ष ‘प्रचण्ड’को अनुहारमा मौनता देखियो । कति अनलाइन मिडियाले अध्यक्ष दाहालको मुड भन्दै समाचार, फोटोफिचर पनि पोष्ट गरे ।

सधै हँसिलो अनुहार र स्वस्थ्य देखिने ‘प्रचण्ड’ आज भने अलि मलिन..नै देखिए। आफ्नो प्रतिवेदनमाथि २५ समूहका टोली नेताहरुले समूहको तर्फबाट आफ्नो भनाइ राख्दै गर्दा दाहालमाथि हजारौं प्रश्नको वर्षा भयो । काठमाडौंको चिसो मौसममा गत ११ गतेदेखि नेता कार्यकर्ता आगामी पार्टीको कार्यदिशामै घोत्लिएका छन् । कतिले काठमाडौंको मौसमसंग ‘प्रचण्ड’को मुडसंग तुलना गरे । तर, भित्र कथा भने त्यो थिएन ।
खासमा प्रचण्डलाई २५ समूहबाट उठेका प्रश्नको जवाफ मात्रै दिनु छैन । सशस्त्र १० बर्षे युद्धका समयमा मारिएका करिब १७ हजार नागरिकका सपना, सहिदको वलिदानी उनका आशा, भरोसा र सहिद तथा वेपत्ता पारिएका परिवारलाई आश्वस्त पार्नु ‘प्रचण्ड’का लागि कम्ती चुनाैति छैन ।

आफ्नो राजनीतिक दस्तावेजमाथि २५ समूहले लगातार दुई दिन छलफल गरे । त्यसको निष्कर्ष प्रस्तुत गर्न पनि समूहलाई दुई दिनै लाग्यो । दस्तावेजमाथि ती समूहले आ-आफ्नो भनाए प्रस्तुत गर्दै गर्दा मञ्चमा घण्टौं बसेर एकोहोरिएका ‘प्रचण्ड’ लाई आगामी नेतृत्व सहमतिमा छिनोफानो गर्नुपर्ने छ ।
पार्टीमा अध्यक्षका लागि आफू निर्विकल्प भए पनि पदाधिकारीको टुंगो लगाउन उनलाई सकसपर्ने निश्चीत छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी केन्द्रको आठौं सम्मेलनमा भोलि ‘प्रचण्ड’ ले आफ्नो विचारसँगै सोधिएका प्रशनको जवाफ दिदैछन् । यससँगै निर्वाचन प्रक्रिया सुरू हुनेछ । अध्यक्ष दाहालको दस्तावेज समूहमा छलफल सुरु नहुँदै नेता राम कार्कीले लिखित रुपमै फरक मत राखेका छन् । त्यसले पनि माओवादी केन्द्रको जारी आठौं महाधिवेशन सकस पुर्ण हुने देखिएको छ ।

यदि पदाधिकारीमा चुनाव हुने स्थीति आए ‘प्रचण्ड’को यो कार्यकाल त्यति सुखत हुने देखिदैन । माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष गरी १५ पदाधिकारी प्रस्ताव गरिएको छ । आकांक्षीको संख्या धेरै हुनाले एकातिर पदाधिकारी सर्वसम्मत बनाउन कठिन देखिएको छ, भने समावेशी चरित्रको संरचनाका कारण अन्य आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण छ ।
एक थरि नेताहरु चुनाव गर्नुहुन्न भन्ने पक्षमा छन्, अर्काे थरि नेताहरु सके सर्वसम्मत नभए निर्वाचन भन्ने पक्षमा छन् । नेताहरु नेतृत्व र केन्द्रीय सदस्यमा सहमति जुटे पदाधिकारी पछि टुंगो लगाउनेगरि महाधिवेशन सक्ने दाउमा देखिएका छन् । यदि पदाधिकारीमा चुनाव भए सिमित खर्चमा काठमाडौं आएका महाधिवेशन प्रतिनिधी घर फर्किन सक्ने हुँदा अध्यक्ष र केन्द्रीय सदस्यहरु सर्वसहमतिमा गर्ने बाँकी देखा जायगा भन्नेहरु पनि छन् ।

माओवादीले महाधिवेशन प्रतिनिधिलाई खान बस्नको व्यवस्था आफै गर्न भनेको छ । पुस ११ देखि १३ सम्म भनेको महाधिवेशन दुई दिन थपिएर आजसम्म पुगेको हाे । भने, अझै दुई दिन थपिने निश्चित प्रा:य छ । यस पटक बहुपदिय प्रणालीमा जान लागेको माओवादी केन्द्रमा ६ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, मात्रिका यादव, हरिबोल गजुरेल र देव गुरुङको दावी छ ।
यता महाधिवेशन चल्दै गर्दा उपचारका लागि चीनमा पुगेका नेता वर्षमान पुन चिनियाँ प्रतिनिधिसँग भेटवार्तामा व्यस्त छन् । पुनको महासचिवमा मुख्य दाबी छ । त्यसमा जनार्दन शर्माले इच्छा देखाएका छन् । महासचिवमै उर्जा मन्त्री पम्फा भुसालको पनि चर्चा छ । एक जना महासचिव हुँदा अन्य दुई जना उपाध्यक्षमा जान सके सहमित होला तर, उपाध्यक्षको दावी गरेका नेताहरुमा व्यवस्थापन चुनौति पुर्ण हुने छ ।

अर्काे तिर, दुई उपमहासचिव शक्ति बस्नेत, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, गिरिराजमणि पोखरेलमध्येबाट हुने सम्भावना छ । उनीहरूमध्ये कतिपयले भने महासचिवमै दाबी गर्दै आएका छन् । सचिवमा केन्द्रीय सदस्य राम कार्की, खगराज भट्ट, हितमान शाक्य, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्तीको दावी छ । तर, ओनसरी श्रीमानको उपचारकालागि चीनमा छिन् । ‘प्रचण्ड’लाई पदाधिकारीमा दलित समुदाय संगै क्लस्टर नछुट्याउन दवाव छ ।
पछिल्लो समय नेपाली राजनीतिक दललाई पुस्तान्तरणको दवाव बढ्दो छ । महाधिवेशनमा सक्षम नेतृत्व चयन गर्न नसके भोली जनतामाझ कसरी जाने अर्काे चुनौतिको विषय हो । भने, अर्काे तर्फ पार्टीलाई अन्यसंग प्रतिस्पर्धामा अघि ल्याउनलाई पनि सक्षम नेतृत्व आवश्यक हो । उनको दस्तावेजमा सुवाझ दिनेक्रममा अधिकांसले समुहका नेताहरुले पार्टीभित्रको अनुशासान, संगाठनिक विस्तार, यौन काण्ड जस्ता विषय उठाएका छन् । त्यस्तै, छोरा छोरीलाई सरकारी स्कुलमा पठाउनु पर्ने, एमसीसी सम्झौता, एमालेसँगको एकता लगायतका विभिन्न प्रश्नकाबीचमा अध्यक्ष दाहाल घेरिएका छन् ।
सादय यि र यस्तै प्रश्नका बीचमा ‘प्रचण्ड’को आजको ‘मुड’ देखिएको हुन सक्ने आकलन गर्न सकिन्छ । ‘प्रचण्ड’लाई अहिले सबै भन्दा ठुलो चुनौति पार्टीलाई प्रतिस्पर्धी बनाउनु छ । गठबन्धन दलको एक हिस्सा मानिने माओवादी केन्द्रलाई फेरी जनतामाझ पुर्याउन चुनौति बढेको महसुस गर्न सकिन्छ ।
