नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी


  • 3.8K
    SHARES
    • पौष २, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.9K Views

    नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी

    तिलोत्तमा , २ पुस / नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल सन् २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धी रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरेका हुन् । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

    त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भीमबहादुर कुँवर ,सिनेटर सन्दीप अग्रहरी विजयी भएका छन् । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरव श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए । उनीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिए ।

    नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।


    तेस्रो आँखा