काठमाडौं, २७ काठमाडौं । ललितपुरमा घर बाहिर निस्कदा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलयको बैठकले स्वास्थ्य मापदण्ड जारी गर्दै घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको हो ।
कारोना संक्रमण बढेको भन्दै प्राशसन कार्यलयले १८ बुँदे स्वास्थ्य मापदण्ड जारी गरेको छ । त्यस्तै, सार्वजनिक स्थल, रेष्टुरेन्टलगायतका ठाउँमा जादा खोप कार्डको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताएको छ ।



