• ट्रेण्डिङ्ग :
तोलामा तीन सयले सुनको मूल्य बढ्यो 

तोलामा तीन सयले सुनको मूल्य बढ्यो 


  • 23.2K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 35.7K Views

    तोलामा तीन सयले सुनको मूल्य बढ्यो 

    काठमाडौं १५ माघ/विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको छ ।


    तेस्रो आँखा