सुर्खेत, कात्तिक १५ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । आज प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएका हुन् । माओबादी केन्द्र र कांग्रेस बिच आधाआधा सरकार चलाउने सहमतीमा शाही दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । सहमती अनुसार सहमती कार्यान्वयन गर्ने अन्तिम दिन आज थियो । अब कांग्रेसबाट जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने छन् ।
