• ट्रेण्डिङ्ग :
सातामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य


  • 2.6K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    सातामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ १२ फागुन/यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर कारोबार बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको वृद्धि आएको हो ।
    गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको हो ।

    images

    यो साताको आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । त्यसयता, सोमबार र मङ्गलवार स्थिर रहेको सुनको मूल्य बुधवार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ भएको थियो । बिहीबार पुनः ४०० घटेको सुनको मूल्य शुक्रवार पनि स्थिर कायम रहँदै १ लाख १८ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    यस्तै, यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रवार तोलामा १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रवार १३ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।


    तेस्रो आँखा