• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि

गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि


  • 2.8K
    SHARES
    • फाल्गुण १६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    गण्डकी प्रदेशसभाको अधिवेशन आजदेखि

    कास्की, १६ फागुन । गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।

    images

    प्रदेश सभाले यसअघि नै दर्ता भइसकेका दुई वटा विधेयकमाथि छलफल गरी पारित गर्ने छ । प्रदेशमा बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आम सञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यी दुवै विधेयक संसदीय समितिबाट पास भइसकेका छन् । यी विधेयक बुधबार सदनमा प्रतिवेदनसहित पेश गर्ने र दफाबार छलफलपछि पारित हुने छन् ।

    यसअघि पास भइसकेका ६७ वटा विधेयकमध्ये अघिल्लो पटकको सदनले ६ विधेयक पास गरेको थियो । तीमध्ये गण्डकी प्रदेश भित्रको वनलाई नियमन गर्न बनेको विधेयक, प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुन् ।


    तेस्रो आँखा