काठमाण्डौं । भारतबाट नेपाल आउने भारतीयहरुले अब मनी एक्सचेन्जबाट राहत पाउने भएका छन् । हिजोदेखि नेपालमा 'फोन पे' को सुविधा सुरु भएको छ । बुधबारदेखि नेपाल आउने भारतीयहरू नगद र मुद्रा साटहीको झन्झटबाट मुक्त भएका छन् । अन्तर्राष्ट्रिय अनलाइन व्यापार सेवा सञ्चालनमा ‘फोन पे’ आएसँगै भारतीय पर्यटक तथा अन्य कामका लागि नेपाल आउने भारतीय नागरिकले ‘फोनको क्यूआर कोड’ प्रयोग गरि भुक्तानी गर्न सकिने भएको छ ।
'भीम', 'फोन पे'मा अन्तर्राष्ट्रिय UPI भुक्तानी सक्रिय गर्नुपर्ने
नेपाल–भारत समस्याका विज्ञ भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेशकुमार शर्माले बुधबारदेखि नेपालमा ‘फोन पे’ सञ्चालक र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)बीच सम्झौता भएको जानकारी दिए । सम्झौतापछि बुधबारदेखि यो सुविधा सुरु भएको हो । यस अन्तर्गत ग्राहकले भारतको ‘भीम’, युपीआई र ‘फोन पे’ सेवा प्रयोग गरी नेपालमा क्युआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा प्राप्त गर्नका लागि प्रयोगकर्ताले 'फोन पे' र 'भीम' एपमा अन्तर्राष्ट्रिय UPI भुक्तानीहरू सक्रिय गर्नुपर्नेछ। यसपछि नेपाल आएका प्रयोगकर्ताले ‘फोन पे’ को क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
नेपाली जनताले यो सुविधा तत्काल नपाउने
नेपालमा ई–सेवा, खल्ती वालेट, आईएमई पेलगायतका आधा दर्जनभन्दा बढी बैंकमा आन्तरिक भुक्तानीको सुविधा सुरु भएको भए पनि भारतमा जाने नेपालीहरुले भने तत्काल यो सुविधाको प्रयोग गर्न नपाउने भएका छन् । यस वित्तीय संस्थाका व्यापारीहरूलाई वितरण गरिएको 'फोन पे' QR कोडमा भारतीय ग्राहकहरूले मात्र नेपाल भित्र लिन सकिन्छ। तर, भारतमा जाने र त्यहाँ रहेका नेपाली नागरिकले यो सुविधा पाएका छैनन् । नेपाली डिजिटल प्लेटफर्म मार्फत भारतमा भुक्तानीका लागि QR भुक्तानी स्वीकार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको पर्खाइमा रहेको जनाईएको छ।
