• ट्रेण्डिङ्ग :
सुन, चाँदीको मूल्यवृद्धि

सुन, चाँदीको मूल्यवृद्धि


  • 2.9K
    SHARES
    • फाल्गुण २४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुन, चाँदीको मूल्यवृद्धि
    काठमाडौँ, २४ फागुन/नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ । 
     
    यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।  


    तेस्रो आँखा