• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च 

सुनको मूल्य हालसम्मकै उच्च 


  • 3.8K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    सुनको मूल्य हालसम्मकै उच्च 

    काठमाडौं २७ फागुन/आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

    images

    यस्तै, तेजावी सुनको मूल्य आज तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो बिहिवार छापावाल सुन १ लाख २५ हजार रुपैयाँ कायम रहेको थियो ।

    यसैगरी, तेजावी सुनको मुल्य हिजो (शुक्रवार) तोलाको १ लाख २४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै चाँदीको मुल्य भने तोलामा ५ रुपैँयाले बढेको छ । आज चाँदीको मुल्य तोलाको १४ सय ७५ रुपैयाँ कायम रहेको छ । शुक्रवार चाँदी प्रतितोला १४ सय ७० रुपैँयामा किनबेच भएको थियो ।


    तेस्रो आँखा