• ट्रेण्डिङ्ग :
दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह


  • 2.9K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

    गण्डकी, २८ फागुन ।  नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले  आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । 

    images

    “सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ”, उहाँले भन्नुभयो । बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ । 

    गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताउनुभयो । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । 


    तेस्रो आँखा