• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर


  • 4.3K
    SHARES
    • चैत्र २, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.6K Views

    सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
    काठमाडौँ, २ चैत/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो । 
     
    त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । 
     
    बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।


    तेस्रो आँखा