• ट्रेण्डिङ्ग :
सुनको मूल्य दुई हजार छ सयले बढ्यो

सुनको मूल्य दुई हजार छ सयले बढ्यो


  • 3.5K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    सुनको मूल्य दुई हजार छ सयले बढ्यो

    काठमाडौँ, ८ चैत/ स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ । यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

    त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।


    तेस्रो आँखा