• ट्रेण्डिङ्ग :
सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो


  • 3.1K
    SHARES
    • चैत्र १६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो
    काठमाडौँ, १६ चैत/ स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

    बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

    यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ । 


    तेस्रो आँखा