• ट्रेण्डिङ्ग :
बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण


  • 4.0K
    SHARES
    • चैत्र १७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

    गलकोट (बागलुङ), १७ चैत । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको रु दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

    images

     बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ । 

    भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरुका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको  

    संविधानसभा सदस्य नरबहादुर थापाले बताउनुभयो । उहाँले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो । “अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ,” उहाँले भन्नुभयो ।

    नवनिर्मित पुल २५.८ मिटर लामो छभने यसको चौडाइ ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइदैछ । 


    तेस्रो आँखा