• ट्रेण्डिङ्ग :
सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले बढ्यो


  • 3.4K
    SHARES
    • चैत्र १९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.2K Views

    सुनको मूल्य प्रतितोला रु एक हजार छ सयले बढ्यो
    काठमाडौँ, १९ चैत/ स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ । 
     
    यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ । 
     
    यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 


    तेस्रो आँखा