• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा


  • 2.7K
    SHARES
    • चैत्र २१, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.2K Views

    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

    गण्डकी, २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । 

    images

    सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भए पनि उहाँले त्यसो नगरी पदबाट राजीनामा दिनुभएको हो । विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

    कूल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।

    केन्द्रको सत्ता समीकरण अनुसार एमाले–माओवादी गठबन्धनको पनि सरकार बन्न सक्ने अवस्था छैन । त्यसका लागि राप्रपाको साथ आवश्यक पर्छ । राप्रपा सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा अनिर्णित छ ।


    तेस्रो आँखा