• ट्रेण्डिङ्ग :
प्रतितोला एक हजार तीन सयले सुनको मूल्य घट्यो

प्रतितोला एक हजार तीन सयले सुनको मूल्य घट्यो


  • 5.2K
    SHARES
    • चैत्र २३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.0K Views

    प्रतितोला एक हजार तीन सयले सुनको मूल्य घट्यो

    काठमाडौँ, २३ चैत/ स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

    यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

    यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ । 


    तेस्रो आँखा