• ट्रेण्डिङ्ग :
एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ

एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ


  • 4.9K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.5K Views

    एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ

    मध्यविन्दु (नवलपरासी), २८ चैत । नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । कावासोतीमा सम्पन्न एमाले नवलपुरको नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

    images

    जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटालाई सर्वसम्मत चयन गरिएको एमाले नवलपुर जिल्ला इञ्चार्ज मना केसी जिसीले जानकारी दिनुभयो । अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ । 

    सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा कूल सात सय ५१ प्रतिनिधि सहभागी भएका छन् । 


    तेस्रो आँखा