• ट्रेण्डिङ्ग :
गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती


  • 2.9K
    SHARES
    • चैत्र २९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती

    म्याग्दी, २९ चैत/ म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा  चियाखेती सफल भएको छ ।

    images

    सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिनुभयो । 

    समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो ।

    तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ । “हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्”, उहाँले भन्नुभयो, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा  बिरुवा थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो । 


    तेस्रो आँखा