• ट्रेण्डिङ्ग :
अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड


  • 3.1K
    SHARES
    • बैशाख २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

    मुगु, २ वैशाख । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । 

    images

    उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।

    प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ ।

    बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले  जनाएको छ । 


    तेस्रो आँखा