• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा


  • 3.0K
    SHARES
    • बैशाख ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

    कास्की, ३ वैशाख । गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

    images

    मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो । 


    तेस्रो आँखा