• ट्रेण्डिङ्ग :
तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य


  • 2.9K
    SHARES
    • बैशाख ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य
    काठमाडौँ, ४ वैशाख/स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । 
     
    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।


    तेस्रो आँखा