• ट्रेण्डिङ्ग :
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य


  • 2.6K
    SHARES
    • बैशाख ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.1K Views

    तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
    काठमाडौँ, ७ वैशाख/स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।
     
    बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।
     
    त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ । 


    तेस्रो आँखा