• ट्रेण्डिङ्ग :
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य

तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य


  • 2.3K
    SHARES
    • बैशाख ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.5K Views

    तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
    काठमाडौँ, ११ वैशाख/स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ ।
     
    सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । 
     
    महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ । 


    तेस्रो आँखा