दाङ,कात्तिक २१ ।
सल्यानमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो संगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बस दुर्घटनामा परेका थप एक जनाको मृत्यु भएको र यो संगै अहिले सम्म मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिए ।
सल्यानको जैतपानीबाट दाङ तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो ।
बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए । ३० जना बसमा सवार रहेको र अन्य सबै घाईते भएको पनि उनले जनाए । दुर्घटनामा परि गम्भिर घाईते भएका ६ जनालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।
बस सडक देखि झण्डै एक सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए ।
