• ट्रेण्डिङ्ग :
अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट


  • 3.5K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    अर्थमन्त्रीसँग राष्ट्रसङ्घको सहायक महासचिवद्वारा भेट

    काठमाडौँ, २० वैशाख : अर्थमन्त्री वर्षमान पुनसँग संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव एवं राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले शिष्टाचार भेट गर्नुभएको छ । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठकमा सहभागी हुन नेपाल आउनुभएको उहाँले आज मन्त्री पुनसंग भेट गर्नुभएको हो । 

    images

    यूएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङेडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिनुभयो । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । 

    यूएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकाका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडिपीले जनाएको छ । भेटमा उहाँले यूएनडिपीले नेपालका गामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । आफूले भ्रमणका क्रममा वातावरणीय परिवर्तनका कारण नेपालले भोगेका समस्याबारे जानकारी पाएको भन्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’ को कार्यक्रम नेपालमा लागू गरिने बताउनुभयो । 

      भेटमा मन्त्री पुनले यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठक नेपालमा राखेकामा धन्यवाद दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण नेपाल जस्ता अल्पविकसित मुलुकहरुले भोग्नुपरेका विकराल समस्याबारे संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलेसमेत नेपालको भ्रमण गरी जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विकराल समस्याबारे विश्वव्यापी जानकारी गराएको स्मरणसमेत गराउनुभयो । 


    तेस्रो आँखा