• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो


  • 2.2K
    SHARES
    • बैशाख २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

    काठमाडौँ, २१ वैशाख/ स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । 

    images

    यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।


    तेस्रो आँखा